दुई पटकसम्म पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ मा मसंग प्रतिस्पर्धि रहेका नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र चौधरी गत मसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा म संगै पराजित भएपछि झन उनको मानसिक सन्तुलन खल्बलिएको छ ।एकातिर चुनावमा पराजित भएपछि मतगणनामा धाधली भयो भन्दै उनले मुद्दा हालेका छन भने चुनावसंग कुनै सम्बन्ध नै नरहेको २०७७ कार्तिक ६ गते प्रसौनीमा घटेको घटनालाइ जोडेर बारम्बार मेरो चरित्र हत्या गर्न कुनै कसर बाकी राखेका छैनन् । अड्डा अदालतले किनारा लगाएर त्यस घटना प्रकरणमा मेरो कुनै संलग्नता नरहेको पुष्टि संगै मुद्दा नचलाउने निर्णय हुँदाहुँदै सताको चरम दुरुपयोग गर्दै नेपाली कांग्रेस सरकारबाट बाहिरिएको भोलिपल्ट र सम्माननीय रास्ट्रपतिबाट राजिनामा स्वीकृत गारिसकेपछी नेकाद्वारा नियुक्त महान्यायाधिवक्ताले मुद्दा चलाउने निर्णय गरेर परिपत्र पठाएको छ । यसर्थ राजनितिक पुर्वाग्रह प्रेरित यस प्रकरणमा कोहि पनि भ्रममा नपर्न आग्रह गर्दै पुराना घटनाक्रममा नाङिएका चौधरीले फेरि पुरानै देखाउन नसक्ने अनुहारको पुनरावृत्तिमा नलागुन चेत खुलोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *